भरतमोहनकी छोरी माधव नेपालको पार्टीमा
वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी हुन् ।नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् । अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमाहेन अधिकारी) र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।
‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहेको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेन्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’ अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’ राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ ।
लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् । स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण