कति जिल्लामा भयो काँग्रेसको पालिका अधिवेशन ?
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भएपछि ती जिल्लामा पनि जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिसँग सहमतिमा मिति तोक्ने समितिले जनाएको छ ।
ती १० जिल्लामा सबै वडा अधिवेशन सम्पन्न नभएको रिपोर्टिङ आएको पोखरेलको भनाई छ । तर समिति सदस्य पोखरेलका अनुसार असोज १६ गतेसम्म ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न हुनेछ । वडा अधिवेशन रोकिँदा पालिकाको मतदाता मानिने क्षेत्रीय प्रतिनिधि चयन भएका कारण पनि अधिवेशन हुन नसकेको उनको भनाई छ ।
पोखरेलका अनुसार पालिका अधिवेशनमा पनि अधिकांश ठाउँमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही पालिकामा भने केन्द्रीय गुटकै रुपमा शेरबहादुर देउवा र रामचन्द्र पौडल प्यानल खडा गरेर प्रतिस्पर्धा भएको छ । त्यसमा पनि सभापति देउवा समूहबीच नै दुई प्यानल बनाएर धेरै ठाउँमा प्रतिस्पर्धा भएको देखिन्छ ।
काँग्रेस क्रियाशील छानबिन समितिले विवाद टुंग्याउन बाँकी १३ जिल्लामा भने अधिवेशन अन्योल छ । शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको पोखरेलले रातोपाटीलाई बताए । बाँकी सात जिल्ला मध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
