कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही
जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समय अघिमात्रै निर्माण सम्पन्न भएको थियो ।
जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरे ।
गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताए । कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचान गरिरहेको उल्लेख गर्दै उनले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताए ।
त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिए । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताए । भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अतिथि हेलिकोप्टरबाट जगदुल्ला पुगेका थिए ।
स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए । मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायालाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण