नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने
नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।
विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।
झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको उनले बताए । ‘कर्मशील एवं इमानदार कर्मचारीको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थालाई ध्यानमा राखेर हालसम्मको सम्पूर्ण पारिश्रमिक भुक्तानी दिने निर्णय गरिएको छ,’ उनले भने, ‘सो निर्णयअनुसार आन्दोलनरत कर्मचारीले पनि पारिश्रमिक पाउनेछन् ।’
निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारी हुँदै गर्दा त्यहाँ कार्यरत कर्मचारी आन्दोलित बनेका हुन् । निगमलाई कम्पनी मोडलमा लैजान नहुने मागसहित आन्दोलन थालेको झन्डै ३ महीना बितिसक्दा समेत सहमतिको टुंगो लागेको छैन । आन्दोलन स्थगित गर्न बसेका भएका छलफल निष्कर्षविहीन बनेका छन् । कर्मचारीको आन्दोलनका कारण निगमले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम समेत पारित गर्न सकेको छैन ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण