दुई महिनामा १६ अर्बको भटमास तेल निकासी
आइतबार, १० असोज २०७८, १२ : ५१
चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।
यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।
यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । नेपालले इण्डोनेशिया, मलेसिया र सिंगापुर लगायतका देशबाट पाम तेल ल्याएर भारततर्फ पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण