रुकुम पूर्वमा काँग्रेसको पालिका अधिवेशन : सर्वसम्मत नेतृत्व चयन
रुकुम पूर्वमा नेपाली काँग्रेसको पालिका अधिवेशन सकिएको छ । जिल्लामा रहेका तीनवटै गाउँपालिकामा भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्य समितिको नेतृत्व टुङ्ग्याएको छ । सिस्ने गाउँपालिकामा पुरानै सभापति मदन बिसीको सभापतित्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उप–सभापतिमा बचन झाँक्री मगर र गोविन्द शाह, सचिवमा हेमन्त खत्री र भक्तबहादुर दमाई, सह–सचिवमा अर्जित हमाल र प्रेम शाहीलाई चयन गरिएको छ ।
यसैगरी भूमे गाउँपालिकामा पनि पुरानै सभापति दिनेश रोकाको सभापतित्वमा ५२ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको छ । भूमे गाउँ कार्य समितिको उप–सभापतिमा प्रेम पुन र कमला ओली (खड्का), सचिवमा शिशिर पुन र वीरेन्द्रकुमार घर्ती, सह–सचिवमा राजकुमार बुढा र हरि पुनलाई चयन गरिएको छ ।
उत्तरगंगा गाउँपालिकामा भने सतस बुढाको सभापतित्वमा ७७ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । उप–सभापतिमा वीरबल रोका र मायापुरा विक, सचिवमा जुनकुमारी विक र नरेश पुन, सह–सचिवमा श्याम बुढा र गीता सुनुवार चयन गरिएको छ । कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने र गाउँ कार्य समितिको बैठकले अनुमोदन गर्ने नेपाली काँग्रेस रुकुम पूर्वले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण