भीम रावलको माग अनुसार एमाले स्थायी कमिटी बैठक बस्ने
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘१० बुँदेबारे सामान्य छलफल हुन्छ ।’
जेठ २ मा फर्कँदा सुदूरपश्चिमको पार्टी इन्चार्ज उपाध्यक्ष भीम रावल हुनुपर्ने भए पनि हाल माओवादी केन्द्रबाट आएका लेखराज भट्टले नै इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । यसमा सुदूरपश्चिमका नेताहरूले आपत्ति जनाउँदै आएका छन् । आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा समेत उपाध्यक्ष रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए । साथै उनीहरूले केन्द्रीय कमिटीकै बीचमा स्थायी कमिटी बैठक राखेर स्पष्ट पार्न माग गरेका थिए । तर, अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठक राखेर १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे छलफल गर्न सकिने बताएका थिए । सोही अनुसार आज स्थायी कमिटी बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण