ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित
ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ । २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।

नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुप खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी संरचना तयार गरिएको हाछेथुले बताए ।

यसअघि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको हटलाइन नम्बर राखेर नगर प्रहरीलाई चौबिस घण्टा नगरवासीको सहयोगमा परिचालन हुन निर्देशन दिएका थिए । पुल्चोकस्थित दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ । सो भवनको ब्यारेकमा ७८ जना नगर प्रहरीलाई बस्ने व्यवस्था मिलाइएको छ ।

महानगरका स्थानीयले कन्ट्रोल रुपमा फोन गरेपछि रातको समयमा १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी गाडी र रिजर्भ फौज तयारी अवस्थामा राख्न थालिएको छ । रातको समयमा हुने अनुमति बिनाका निर्माण कार्य, होर्डिङ बोर्ड र पोष्ट टाँस्ने काम रोक्न पनि नगर प्रहरी परिचालन प्रभावकारी हुने महानगरको निष्कर्ष छ ।

नगर क्षेत्रमा साँझ १० बजेसम्म नियमित ड्युटी गर्ने नगर प्रहरीले नगरवासीलाई ठुला पर्वमा बजार क्षेत्रमा किनमेल गर्ने ग्राहक र व्यापारीलाई पनि सहजीकरण गर्ने योजना लागू गरेको छ । रातको सयममा जात्रा पनि चल्ने हुनाले २४ सै घण्टा नगर प्रहरी परिचालन गर्दा सुरक्षामा पनि सहयोग पुग्ने नगर प्रहरी प्रमुख हाछेथुले बताए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण