माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार
बिहीबार, १४ असोज २०७८, १६ : २९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।
अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए । अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा बुधबार स्थानीय बिदा
-
इजरायली सेनाको आक्रमणमा डाक्टरसहित सात जनाको मृत्यु
-
सन्दीपलाई अमेरिका पठाउन क्यानले थाल्यो प्रक्रिया
-
फिनल्याण्डमा मिथिला चित्रकला प्रदर्शनी
-
मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाको न्यायोचित पुनर्स्थापना गर्न नसकिएको गुनासो
-
हिरोको लागि ब्राण्ड एम्बेस्डरमा सुशान्त, सुरक्षा र दयाहाङ नियुक्त