३० वर्ष पुग्नुभयो ? महिलाले लिनुहोस् यी पाँच सप्लिमेन्ट्स
शरीरलाई पूर्ण रुपमा स्वस्थ राख्नमा सन्तुलित खानपानको महत्वपूर्ण भूमिका हुन्छ । यद्यपि, उमेर बढेसँगै शरीरको आवश्यकता पनि बढ्छ । पोषणविद्का अनुसार महिलाले ३० वर्षको उमेर पार गरेपछि केही विशेष सप्लिमेन्ट्स लिन आवश्यक छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
फोलिक एसिडः
कोशिकाको विकासका लागि फोलिक एसिड निकै आवश्यक छ । यदि तपाईं ३० वर्ष पुगिसक्नुभयो र गर्भवती हुने योजना गरिरहनुभएको छ भने आफ्नो खानामा बी भिटामिन फोलेटको मात्रा बढाउनुहोस् । यो सप्लिमेन्ट कुनै पनि मेडिकलमा किन्न पाइन्छ ।
आइरनः
३० वर्षपछि एउटा अत्यावश्यक मिनरल्स आइरन पनि हो । महिलामा आइरनको कमी हुने खतरा बढी छ । यसको कमीले जतिबेला पनि थकाई लागिरहन्छ । यसबाहेक आइरनको कमीले संक्रमण्को सम्भावना पनि बढ्ने गर्छ ।
भिटामिन डीः
भिटामिन डीले अतिरिक्त क्याल्सियमलाई अवशोषित गर्न मद्दत गर्छ । यसले मुटुरोगबाट जोगाउने काम गर्छ र तौल घटाउन मद्दत गर्छ । ३० वर्षपछि तपाईं भिटामिन डीको सप्लिमेन्ट लिन सक्नुहुन्छ ।
म्याग्नेसियमः
शरीरका लागि म्याग्नेसियम निकै आवश्यक छ किनभने यसले शरीरमा प्रोटिन र हड्डी बनाउन मद्दत गर्छ । यसले ब्लड सुगरलाई पनि स्थिर राख्छ । म्याग्नेसियमको कमी हुने महिलालाई मांसपेशिमा ऐठन, थकान, चिडचिडापन, उच्च रक्तचाप, मुटुको अनियमित धड्कन, रिँगटा लाग्ने वा मांसपेशीमा कमजोरीको अनुभव हुन्छ ।
प्रोबायोटिक्सः
प्रोबायोटिक्स गुड ब्याक्टेरिया हो जुन आन्द्राका लागि राम्रो हुन्छ । यो सप्लिमेन्टले झाडा र आइबीएसजस्ता पाचन सम्बन्धि समस्यालाई हटाउन मद्दत गर्छ । प्रोबायोटिक्सले एलर्जीबाट पनि जोगाउँछ । यद्यपि, कुनै प्रकारको सप्लिमेन्ट्स लिनुअघि आफ्ना डाक्टरलाई एकपटक पक्कै पनि सोध्नुहोस् । यी पोषक तत्वलाई आफ्नो खानामार्फत् बढी लिने कोसिस गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण