छोराको आरक्षण पाएपछि श्वेता तिवारीले भनिन्, ‘अभिनवले असाध्यै दुःख दिए...’
हिन्दी टिभी जगतकी नायिका श्वेता तिवारीले लामो समयदेखि छोरा रेयांशको आरक्षण पाउनका लागि अदालतसँग लडिरहेकी थिइन् । अब नायिकाले यसमा ठूलो राहत पाएकी छिन् । श्वेता तिवारी र उनका पूर्व प्रेमी अभिनव कोहलीबीच रेयांशको आरक्षणको विषयमा झगडा चलिरहेको थियो । यसमा श्वेताको जित भएको छ । अदालतले उनका छोराको आरक्षण उनलाई प्रदान गरेको छ । यो निर्णयपछि श्वेता निकै खुसी भएकी छिन् ।
श्रीमानसँग अलग्गिएपछि श्वेताले छोरा रेयांशलाई पछिल्लो दुई वर्षदेखि आफूसँगै राखिरहेकी थिइन् । यतिबेला अभिनवले श्वेतामाथि विभिन्न आरोप लगाएका थिए । अभिनवले श्वेताले आफूलाई छोराबाट टाढा राखेको आरोप पनि लगाए । आफ्नो याचिकामा अभिनवले रेयांशको आरक्षण मागेकी थिइन् । श्वेता एक व्यस्त नायिका भएकोले उनीसँग छोरालाई दिने समय नभएको उनले बताएका थिए । यद्यपि, अभिनवको यो याचिका अदालतले खारेज गरिदियो । अदालतलाई अभिनवले श्वेतामाथि लगाएको आरोप आधारहीन लागे ।
छोराको आरक्षण पाएपछि श्वेता तिवारीको प्रतिक्रियाः
अदालतको आदेशमा भनिएको छ, ‘अभिनव आफ्ना छोरा रेयांशसँग दुई वर्षसम्म हप्तामा एकपटक श्वेता तिवारी बस्ने एरियातिर भेट्न सक्छन् । यतिबेला श्वेता तिवारी वा परिवारका अन्य सदस्यको उपस्थिति रहन आवश्यक हुनेछ । ’ अदालतको निर्णयले सन्तुष्ट श्वेता तिवारीले भनेकी थिइन्, ‘म यही चाहन्थेँ । यी दुई वर्षमा म जहाँ पनि गएँ, अभिनवले मेरो पिछा गरे र हंगामा मच्चाए । यो रेयांश र मेरा लागि तनावको कुरा थियो । अभिनव जुनसुकै बेला मेरो ढोकामा आएर हंगामा गर्ने गर्दथे । मैले कहिल्यै रेयांश र अभिनवलाई कुरा गर्न रोकिनँ । ममाथि गलत आरोप लगाइयो ।’
‘मैले सधैं अभिनवलाई रेयांशसँग भेट्ने अधिकार दिएँ । जब अदालतले रेयांश र अभिनवलाई आधा घण्टा कुरा गर्न आदेश दिएको थियो । त्यतिबेला मैले उनीहरुलाई आधा घण्टाभन्दा बढी समय कुरा गर्दा मैले रोकिनँ । तर अभिनवले मलाई खराब आमा, लापरवाह आमा भने । म आफ्नो परिवारका लागि काम गर्छु र उनीहरुलाई राम्रो जीवन दिन चाहन्छु, यसमा के गलत छ ? तर उनले सधैं मेरो विरुद्धमा बोले ।’
श्वेता भन्छिन्, ‘मैले रेयांशको अपहरण गरेर छोरालाई उसको बुवाबाट टाढा राखेको अभिनवले आरोप लगाए । रेयांश कहाँ हुन्छन् उनलाई सधैं यसबारे थाहा हुन्थ्यो । खतरों के खिलाडीको सुटका बेला पनि उनले हंगामा गर्ने कोसिस गरे जबकी उसलाई थाहा थियो कि रेयांश कहाँ बसिरहेका थिए ।’
श्वेता तिवारी र अभिनवको विवाह १३ जुलाई सन् २०१३ मा भएको थियो । विवाह अघि यी दुई तीन वर्षसम्म सम्बन्धमा रहेका थिए । सन् २०१६ मा श्वेताले रेयांशलाई जन्माएकी थिइन् । खबरका अनुसार सन् २०१७ मा यी दुईबीच विवाद सुरु भएको बताइन्छ । श्वेताले सन् २०१९ मा अभिनवविरुद्ध घरेलु हिंसाको ऊजुरी दर्ता गरेकी थिइन् । अभिनवसँग श्वेताको यो दोस्रो विवाह थियो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण