प्रतिनिधिसभाको बैठक बस्दै, रेल्वे विधेयक र निजामती सेवा विधेयक फिर्ता लिँदै सरकार
सरकारले निजामती सेवा विधेयक २०७५ फिर्ता लिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो विधेयक फिर्ता लिने कार्यसूची रहेको छ । सो विधेयकमाथि झन्डै २ वर्ष प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले राष्ट्रिय सभामा उत्पति भै प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेकपा एमालेले आफ्नो दलले १४ सांसदमाथि गरेको कारवाहीको सूचना सभामुखले सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण