जेलमा शाहरुखका छोरा आर्यन
बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ ।
आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ ।
आर्यनले बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ । जेलमा बिहान ६ बजे उठ्नुपर्ने व्यवस्था छ । ७ बजे बिहानको खाजा दिइन्छ । बिहानको खाजामा पुवा र सुजीको पिठोबाट बनेको हलुवा दिइन्छ । जेलमा ११ बजे खानाको व्यवस्था हुन्छ । जसमा रोटी, साग, दाल र भात हुन्छ । आर्यनलाई पनि जेलमा घुम्ने वा डुल्ने सुविधा छैन ।
उनलाई वा अन्य जेलमा बस्नेलाई थप खाना चाहिएमा क्यान्टिनमा थप पैसा तिर्नुपर्ने हुन्छ । साँझ ६ बजे खाना दिइन्छ । आर्यनले पनि बाँकी जेलमा बस्नेले जस्तै साथमा प्लेट बोकेर खाना माग्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण