स्कटल्यान्डमा देउवा र मोदीबीच भेट हुने
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बेलायतको पहिलो भ्रमण गर्दैछन् । त्यहाँ उनको भारतीय समकक्षीसँग छुट्टै भेटघाट हुने स्रोतले जनाएको छ ।
कात्तिक १५–१६ गते ग्रेट ब्रिटेन अन्तर्गतको स्कटल्याण्डको सिटी ग्लास्ग्वोमा हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यता जान लागेका हुन् । देउवाले पहिलो भ्रमण बेलायतबाट गर्न थालेपछि त्यसको चर्चा चुलिएको छ । यसअघि नियुक्त भएलगत्तै नेपालका प्रधानमन्त्रीहरुले भारतको पहिलो भ्रमण गर्ने गरेका थिए ।
नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाटका लागि समय तालिका तय भइरहेको छ । प्रधानमन्त्री देउवाको तर्फबाट नै स्कटल्यान्डमा मोदीसँग भेट्ने प्रस्ताव राखिएपछि दिल्ली त्यसमा सकारात्मक रहेको र त्यसको तयारीमा लागेको श्रोतको भनाई छ ।
यसअघि भारतीय जनता पार्टीको निमन्त्रणामा काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वको एक टोलीले भारत भ्रमण गरेको थियो । सो टोलीको भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा चर्चा भएपनि उताबाट खासै चासो नदेखाएको स्रोतको दावी छ । भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निमन्त्रणा पठाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण