भोट हाल्ने दिनको पर्खाइमा छन् ९९ वर्षे बुद्धिप्रसाद
एउटै परिवारबाट ६० भोट खस्ने
गुल्मी– गुल्मीका रुरु गाउँपालिका बुद्धिप्रसाद गौतमको नागरिकतामा कालिन्दारले भुलवस २ वर्ष कम गरेको भनिए पनि उनको चिनाअनुसार उमेर ठ्याक्कै ९९ वर्ष भयो । ९९ वर्षका बुद्धिप्रसाद २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भोट हाल्ने दिनको पर्खाइमा छन् ।
९९ वर्षको उमेरमा पनि लौरो टेकेर हिड्डुल गर्न सक्ने उनी भन्छन्– ‘भोट हाल्न त जसरी भए पनि जान परो नि ।’
सय वर्षको संघारमा पाईला टेक्दै गरेका गौतमले पहिलो पत्नीको मृत्यु भएपछि ४० वर्षको उमेरमा ९ वर्षीया वालिकासँग विवाह गरेका थिए । १४ वर्षको उमेरबाट सन्तान जन्माउन थालेकी उनकी श्रीमतिले दुई वर्षको अन्तरालमा १५ सन्तान जन्माइन् । १५ सन्तान मध्ये ५ जनाको मृत्यु भयो भने अहिले १० सन्तान छन् ।
उनका जेठा छोरा पनि ६८ वर्षका भइसके । बुद्धिप्रसाद दम्पतिसहित ४ जना छोरा वुहारी, नाति नातिना, ६ जना छोरीका ज्वाई उनीहरुका छोराछोरी लगायत उनको परिवारका ६० भोट रहेको छ । ६० भोट रहेका छन् ।
साविकको थानापति गाविसमा झण्डै सय मुरी धान र त्यतिनै मात्रमा कोदो मकै उव्जेनी गर्ने परिवारमा जन्मिएका गौतमले कहिल्लै राजनीति भने गरेनन् ।
१५ सन्तानको जन्म दिएकी देवीकला पनि स्थानीय तह निर्वाचनको पर्खाइमा छिन् । अझैसम्म निरोगी देवीकला घरधन्दादेखि मेलापातसमेत गर्दै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण