बलात्कार मुद्दामा फरार आठ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधाकुरा प्रकरण : प्रेस जगत्को लोकतन्त्र खोसिँदै
-
कोशी र गण्डकी सरकारबारे के गर्ला सर्वोच्च अदालतले ?
-
खर्च कटौतीको विरोधमा अर्जेन्टिनामा व्यापक प्रदर्शन
-
आइप्याड प्रोको विवादास्पद विज्ञापनका लागि एप्पलले माग्यो माफी
-
बागमती प्रदेशमा सचिव खटनको लफडा : स्वास्थ्यमा २ जना, अर्थ मन्त्रालय सचिवविहीन
-
आईएफसीले भन्यो– नेपालसहित बंगलादेश र श्रीलंकाको बैङ्किङ करियरमा महिलालाई चुनौती छ