भक्तपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु
आइतबार, ०७ कात्तिक २०७८, १२ : ०८
भक्तपुरको भक्तपुर नगरपालिका–१ मा मिनीट्रक र मोटरसाईकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर चाँगुनाराणयस्थित छालिङ बस्ने २० वर्षीय सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
शुक्रबार भक्तपुर नगरपालिका–१ स्थित यति कार्पेट नजिक प्रदेश–३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकल प्रदेश–३–०१–००३ क ५०६५ नम्बरको मिनिट्रकसँग ठोक्किएको थियो । मोटरसाईकल पछाडि सवार सुरजले उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ज्यान गुमाए ।
मिनीट्रक चालक कमलविनायक बस्दै आएका लक्ष्मीप्रसाद दुवाललाई प्रहरीले पक्राउ गरेको छ । असावधानीपूर्वक सवारी चलाउँदा दुर्घटना भएको अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण