डोल्पामा जिप दुर्घटना, चालकसहित ८ जना घाइते
हिमाली जिल्ला डोल्पामा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी नौ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ। ठुलीभेरी नगरपालिका –९ भित्तिमा आइतबार दिउँसो ३ बजेतिर दुनै बजारबाट त्रिपुरा सुन्दरी नगरपालिका–१ सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जिप स्टेरिङ फेल भई दुर्घटना भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार जिप सडकबाट अन्दाजी १५ मिटर तल खसको छ । उक्त जिपमा सवार चालकसहित ९ जना घाइते भएको उनले बताए । घाइते हुनेमा मकवानपुर जिल्ला हेटौंडा नगरपालिका –९ बस्ने वर्ष ३८ का बिष्णु श्रेष्ठ, वर्ष ३८ का अशोक सारुमगर, वर्ष २२ का बुद्धबीर लामा, वर्ष ३९ का सुरेश श्रेष्ठ, वर्ष ३८ का रमेश गौतम रहेका छन् ।
यस्तै सोही नगरपालिका–१० बस्ने वर्ष ३६ को सुशीलराज गिरी, ९ बस्ने वर्ष ३१ का जीवन शर्मा, ७ बस्ने वर्ष ३८ का किरण अधिकारी र डोल्पाको ठुलीभेरी नगरपालिका ९ बस्ने वर्ष २० का चालक जुनकोष शाही रहेका छन्। घर्तीकाअनुसार घाइते तीन जनाको अवस्था गम्भिर र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण