ताइवानमा शक्तिशाली भूकम्प
उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरूले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यस भूकम्पको मापन ६.५ म्याग्नेच्यूडको रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नेच्यूडको मात्र भएको बताएको छ ।
स्थानीय समयानुसार आइतबार १ः ११ बजे मध्यान्हमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराइमा रहेको थियो । यिलानमा बस्ने एएफपी सम्वाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५.४ म्याग्नेच्यूडको पराकम्पन आएको बताइएको छ ।
सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए । सन् १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापुमा गएको ७.६ म्याग्नेच्यूडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।
सन् २०२० को डिसेम्बर मा यिलानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण