विद्युतको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
शुक्रबार, १२ कात्तिक २०७८, ११ : २५
आफैंले चलाएको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर रौतहटमा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । चन्द्रपुरबाट घर जाने क्रममा दुर्घटनामा परेर समाजवादी विद्यार्थी युनियन रौतहट जिल्लाका उपाध्यक्ष गरुडा, महम्मदपुरका २५ वर्षीय अभय यादवको मृत्यु भएको हो ।
यादवले चलाएको मोटरसाइकल गौर–चन्द्रपुर सडकखण्डको बसन्तपुर एरियामा गएराति ११ बजे अनियन्त्रित भएर सडक छेउको विद्युत पोलमा ठोक्किएको थियो । सोही मोटरसाइकलमा सवार गरुडा–४ का ३० वर्षीय नवलकिशोर पटेल भने घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए । घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण