एमाले पालिका अधिवेशन : मकवानपुरको २ वटामा सम्पन्न, ८ पालिकामा आज हुँदै
मकवानपुरमा शनिबार नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ। कात्तिक ९ गतेका लागि तोकिएको एमाले मकवानपुरको पालिका अधिवेशन आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले भन्दै आजसम्मका लागि सरिएको थियो ।
जिल्लामा कात्तिक ९ गते नै उद्योगी व्यवसायीहरूको संगठन उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम रहेकोले अधिकांश पालिकाका सदस्यहरू सो निर्वाचन प्रक्रियामा भाग लिन भएकाले पनि अधिवेशन आजसम्मलाई सारिएको थियो ।
जिल्लाका १० वटै स्थानीय तह मध्ये २ वटा पालिकामा भने अधिवेशन सम्पन्न भइसकेका छन् । शुक्रबार कैलाश र बिहीबार राक्सिराङ गाउँपालिकामा एमालेको पालिका अधिवेशन सम्पन्न भएको एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए। अधिवेशनबाट आगामी कार्यकाल राक्सिराङमा रोहन लामा र कैलाशमा पुण्य भण्डारीले एमालेको नेतृत्व सम्हाल्ने उनले बताए ।
अन्य ८ पालिकामा भने आज एकै पटक पालिका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको पनि उनले बताए । वडा अधिवेशनमा सहभागी भएका १० हजार ५ सय सङ्गठित सदस्यहरूले छानेका प्रतिनिधिहरू पालिका अधिवेशनमा सहभागी हुने उनको भनाई छ । प्रतिनिधि छनौटको लागि स्थानीय पालिकाहरूले कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट समावेशी तरिकाबाट पालिका अधिवेशनमा प्रतिनिधिमा प्रतिनिधि पठाइने अध्यक्ष लम्सालले बताए ।
नेकपा एमालेले पालिका अधिवेशनबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट ८५ सदस्यीय नगर कमिटीलाई नेतृत्व प्रदान गर्नेछ भने, एक नगरपालिका र ८ गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन हुने अध्यक्ष लम्सालले बताए । सम्भव रहेसम्म सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व प्रदान गर्ने गरी छलफल भइरहेको उनले बताए । सर्वसम्मत नेतृत्व प्रदान गर्न नसकेको खण्डमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनको अवरोध हटाउन अनौपचारिक संवादमा प्रधानमन्त्री
-
‘गृहमन्त्री संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको छ’
-
सुदूरपश्चिमका ठूला योजना बजेट अभावले प्रभावित
-
हृदयाघात हुँदा दिएको साथ सम्झँदै श्रेयस गरे अक्षयको तारिफ
-
सभामुख र सरकारको रवैया गलत छ, संसदीय दलको बैठकबाट थप रणनीति तय गर्छौँ : महामन्त्री थापा
-
झापामा दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान