शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तौल घटाउने अनौठो उपाय

आइतबार, १४ कात्तिक २०७८, १० : ३१
आइतबार, १४ कात्तिक २०७८

तौल बढ्ने समस्याले चिन्तित व्यक्तिहरुले विभिन्न उपायहरु अपनाएर तौल कम गर्ने कोसिस गरिरहेका हुन्छन् । खानापानमा नियन्त्रण गर्ने, व्यायाम गर्ने, जीवनशैलीमा परिवर्तन गर्ने जस्ता अनेकन् उपायहरुका बारेमा त धेरैलाई थाहा नै छ । तर, तौल कम गर्ने अर्को अनौठो उपायका बारेमा पछिल्लो समय निकै चर्चा हुने गरेको छ । त्यो हो इएफटी अर्थात इमोशनल फ्रिडम टेक्निक । यस उपायमा शरीरको कुनै एक भागमा थिच्दा तौल कम हुने बताइन्छ । मिडिया रिपोर्टका अनुसार यस विधिद्वारा ५ महिनामा करिब ३० पाउण्ड तौल अर्थात १३ किलो तौल कम भएको छ । 

के हो इमोशनल फ्रिडम टेक्निक ? 
द ट्यापिङ सोल्यूशनकी लेखिका जेसिका आर्टनर भन्छिन्, ‘इएफटी भनेको तनाव कम गर्ने विधि हो । यो मानसिक र चीनको प्राचिन एक्युप्रेशर थेरापीसँग मिल्दो जुल्दो विभि हो । यसले शरीरमा कोर्टिसोल नाम स्ट्रेस हर्मोनको मात्रा कम गर्छ । जसले एन्जाइटी, तौल बढ्ने र निन्द्रासँग जोडिएका समस्याहरुलाई कम गर्छ । यस ट्यापिङ टेक्निकममा व्यक्तिको तौल मात्रै होइन तनाव र निन्द्रासँग जोडिएका समस्याहरु पनि कम हुन्छ । 

यस विधिमा मानिसहरुमा नकारात्मक भावनाहरुमा केन्द्रित हुनका लागि प्रेरित गरिन्छ । जसले सुल्झिन नसकेका समस्याहरुलाई लिएर चिन्ता बढाउँछ । यस दौरान मानिसको शरीरमा ९ भागमा ५ देखि ७ पटक औंलाले थिच्दा कुनै विशेष मुद्दामा फोकस हुनजान्छ । शरीको यी भागहरुलाई  मेरिडियन प्वाइन्ट भनिन्छ ।

यो विधि कति उपयोगी ? 
केही अध्ययनका अनुसार यो तनाव कम गर्ने विधि हो । सन् २०२० मा अमेरिकी साइकोलोजिकल एसोसिएसनमा प्रकाशित एक अध्ययनले यस विधिमा ६० मिनेटभन्दा पहिले र पछि वालटियर्सको तनावको मात्रा जाँच गरिएको थियो । इएफटीका अनुसार विशेषज्ञले एन्जाइटी, डिप्रेशन जस्ता समस्या कम भएको पाइयो । 

कति सुरक्षित ? 
ट्यापिङमार्फत तनाव कम गर्नु हानिकारक हुँदैन । तर, तौल कम गर्ने भन्ने विषयमा कुनै पनि अनुसन्धान भएको छैन । यस विधिमा कुनै पोषकयुक्त खानाको बारेमा जानकारी दिइएको छैन । तौल घटाउने सही तरिका भनेको पोषणको बारेमा सही जानकारी हुन पनि आवश्यक छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप