कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा हुने
अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ । कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम थालेकोमा ७० प्रतिशत पूरा भएको हो ।
आगामी माघसम्ममा सो खण्डको काम पूरा गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना रहेको छ । सो सडक खण्डमा दक्षिणतिर ३ लेन र उत्तरतिर १ लेन थप गर्दै सडक फराकिलो बनाउने योजना अनुरुप काम भइरहेको छ ।
नयाँ सडक विस्तार अनुसार पेप्सीकोलातर्फ १ लेन र काठमाठौं कोटेश्वरबाट जडिबुटी जाँदा १ लेन तथा जडिबुटीबाट कोटेश्वरतर्फ भने ३ लेन विस्तार हुँदैछ ।
सो विस्तारित सडक खण्डको सव बेसको काम पूरा भएर रेलिङ, ढलको काम पूरा भएको र अब बेसको काम पूरा गरी पीचको गरिने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम चुडालले जानकारी दिए । उनले भने, “निर्माण कम्पनीलाई माघसम्मको समय कालोपत्रे गरी निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा रहेको छ । सो समयसम्म सडक खण्डको काम पूरा हुनेछ ।”
यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण