आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व

आइतबार, २८ असार २०८३, ०२ : २०
आइतबार, २८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलका लागि नर्वे र इङ्गल्याण्डले आ-आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका छन् ।
  • नर्वेको टोलीको नेतृत्व स्टार स्ट्राइकर अर्लिङ हालान्डले गर्नेछन् भने इङ्गल्याण्डको कप्तानी ह्यारी केनले गर्नेछन् ।
  • खेल नेपाली समय अनुसार शनिबार बिहान २:४५ बजे सुरु हुनेछ ।

काठमाडाैँ । फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेशका लागि अमेरिकाको मियामी स्टेडियममा हुन लागेको क्वार्टरफाइनल खेलका लागि नर्वे र इङ्गल्याण्डले आ(आफ्नो सुरुआती ११ सार्वजनिक गरेका छन् । नेपाली समय अनुसार शनिबार बिहान २ः४५ बजे सुरु हुने यस महत्त्वपूर्ण भिडन्तका लागि दुवै टोलीले आफ्ना मुख्य खेलाडीहरूलाई समेट्दै बलियो टोली मैदानमा उतारेका हुन् ।

नर्वेले इङ्गल्याण्डविरुद्ध मैदान उत्रिँदाको फर्मेसन प्रयोग गर्ने भएको छ। टोलीको गोलपोस्ट ओर्जान नाइलान्डले सम्हाल्नेछन् भने रक्षापङ्क्तिमा जुलियन राएर्सन, क्रिस्टोफर अजेर, लियो हेगेम र डेभिड मोलर वुल्फ रहनेछन्। त्यसैगरी मध्यपङ्क्तिमा स्यान्डर बर्गेले डिफेन्सिभ मिडफिल्डरको भूमिका निभाउनेछन् भने उनलाई मार्टिन ओडेगार्ड र प्याट्रिक बर्गले साथ दिनेछन्। नर्वेको अग्रपङ्क्ति सम्हाल्ने मुख्य जिम्मेवारी भने स्टार स्ट्राइकर अर्लिङ हालान्डसँगै अलेक्जेन्डर सोर्लोथ र आन्द्रेयास सेल्डरपको काँधमा रहनेछ ।

अर्कोतर्फ, उपाधि दाबेदार इङ्गल्याण्डले नर्वेविरुद्ध ४–२–३–१ को फर्मेसनमा खेल्ने रणनीति बनाएको छ। इङ्गल्याण्डको गोलरक्षकका रूपमा जर्डन पिकफोर्ड मैदान उत्रिँदा रक्षापङ्क्तिमा एन। ओुरेली, मार्क गुएही, जोन स्टोन्स र एज्री कोन्सा रहनेछन् । मध्यपङ्क्तिमा डिक्लन राइस र इलियट एन्डरसनले डिफेन्सिभ मिडफिल्ड सम्हाल्नेछन् भने उनीहरूको अगाडि जुड बेलिङ्घम, एन्थोनी गोर्डन र नोनी मडुएके रहनेछन् । टोलीको मुख्य स्ट्राइकरका रूपमा भने कप्तान ह्यारी केन मैदान उत्रिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप