भारतीय बजारमा नेपालको बिजुली
लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् व्यापारमा नयाँ आयाम थपिएको छ ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् आयो जना र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
यस्तो अनुमति पाउने नेपाल दक्षिण एसियामै पहिलो देश हो । सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युत् पनि भारतीय बजारमा बिक्रीका लागि सूूचीकृत गर्न प्रस्ताव पठाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण