अब विमानभित्रै इन्टरनेट सेवा
नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन 'थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।
उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन् । अब नेपालको आकाशमा उडान गर्ने विभिन्न विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पु¥याउन सक्छन् ।”
यसअघि यात्रुले हवाई उडान भर्दा विमानभित्र मोबाइललगायतका उपकरण फ्लाइट मोडमा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । अब यस प्रकारको सेवा लिएका विमान कम्पनीले आफ्ना यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा एयरलाइन्सले खरिद गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले विमानमा यात्रा गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण