भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु
शुक्रबार, १९ कात्तिक २०७८, १५ : १५
गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीन दोबाटोमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पु¥याइएको थियो । उनको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण