हेटौंडा बस–ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेमा बसका चालक परियार
हेटौंडा–११ नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु भएका २ मध्ये १ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा यात्रुबाहक बस चालक चन्द्रागिरी नगरपालिका–२ काठमाडौंका २९ वर्षीय सरोज परियार रहेका प्रहरीले जनाएको छ ।
गएराति १२ : ३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर घाइते भएका परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएका दुई जनामध्ये अर्का एक जनाको सनाखत भने हुन सकेको छैन । ना ७ ख ८७६ नम्वरको यात्रुबाहक बसका चालक परियार जनकपुरबाट यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३० १ ख ५०३५ नम्वरको ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीसँगै आर्क एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते मध्ये बसका सहचालक जनक नन्दनी–६ बस्ने वर्ष १९ को शुवम झाको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । घाइते झाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।
ट्रकका चालक बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर विक सामान्य सामान्य घाइते भएको र उनलाई उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण