पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द हुने
बुधबार, २४ कात्तिक २०७८, १९ : ४५
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ । सो राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड बिस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ ।
कात्तिक २२ गतेदेखि मङ्सिर ६ गतेसम्म हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाइएको छ । दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्न रातको समयमा सडक पूर्णरुपमा बन्द गरिएको हो ।
दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए । सो समयमा सुरक्षा र एम्बुलेन्सबाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण