प्रधानन्यायाधीशले तोके १७७ वटा मुद्दाको पेसी, अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरण बाहेकका
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् ।
पछिल्लो समय दुई पक्षीय छलफलमा बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरु सहमत भएका छन् । तर, आज इजलास गठन गर्ने बेला प्रधानन्यायाधीशले अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरणभन्दा बाहेकको रहनेगरी पेशी तोकेका हुन् ।
प्रधानन्यायाधीशले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९ इजलास गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण