आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधुको ‘कस्तूरी’ मा नाजिर र सुशीलाको रोमान्स

शनिबार, २७ कात्तिक २०७८, ११ : ४३
शनिबार, २७ कात्तिक २०७८


गीतकार मधु पौडेलको शब्द तथा संगीतकार रहेको गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् । केही अगाडि सुमन र प्रविशाको सहकार्य रहेको गीत ‘कति माया गर्छौ’ हिट भएको थियो ।

‘कस्तूरी’ को भिडियो पनि बनेको छ । जसमा अभिनेता नाजिर हुसेन र मोडल सुशीला थापाको रोमान्स देख्न सकिन्छ । भिडियोमा नाजिर र सुशीला निकै रोमान्टिक अवतारमा देखिएका छन् । शान थापाको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप