प्रचण्ड अस्पतालबाट डिस्चार्ज
आइतबार, २८ कात्तिक २०७८, १६ : २२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड डिस्चार्ज भएका हुन् । चिकित्सकका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था सामान्य रहेको छ ।
केही दिनअघि विभिन्न जिल्ला भ्रमण गएकाले दौडधुपका कारण उनको रक्तचाप बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित