सातामै १५ अर्बले घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप
आइतबार, २८ कात्तिक २०७८, १९ : ३५
वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन थप खस्किएको छ । अघिल्लो साता अर्थात् गत कार्त्तिक १२ गतेदेखि १७ गतेसम्म कुल ४२ खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेका बैङ्कहरूले चौथो हप्ता अर्थात् कार्त्तिक २६ गते १५ अर्बले निक्षेप गुमाउँदै ४२ खर्ब २३ अर्ब मात्र सङ्कलन गर्न सकेका हुन् ।
समीक्षा अवधिमा १५ अर्बले नै निक्षेप घटेको बैंकर्स संघले जनाएको छ । तर, यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा तीन अर्ब रुपैयाँले वृद्धि भएको संघले जनाएको छ । अघिल्लो हप्ता कुल ४० खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्कहरूले यस हप्ता ४० खर्ब २८ अर्ब रुपैयाँ लगानी गरेका संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको मर्मअनुरूप बजेट कार्यक्रम लक्षित गर्छौ : मन्त्री थपलिया
-
भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण
-
फेवातालको जग्गा संरक्षण : सर्वोच्चको फैसलाविरुद्ध रिट हेर्दै सर्वोच्च अदालत
-
इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा
-
गर्मीले जनजीवन कष्टकर
-
बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग