ओखलढुङ्गामा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु (अपडेट)
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनामा परी १२ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
१ नं प्रदेश प्रहरी कार्यलयका अनुसार दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइते ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र बाँकी घाइतेलाई मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण