भ्रष्टाचार निर्मुल पार्न जन्मकैदको व्यवस्था गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न जन्मकैद जस्तै कडा कानुन बनाउनुपर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले नेपालीहरुले विदेशमा दुःख पाएर कमाएको रकमबाट तिरेको करमा भ्रष्टाचार गर्नु जघन्य अपराध भएको बताए । भ्रष्टाचारकै कारण ठुला आयोजनाहरु समयमा सम्पन्‍न हुन नसकेको उनको भनाइ छ ।
आयोगका बुटवल कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेले सबैभन्दा बढी उजुरी स्थानीय तहमा भएका अनियमितताका सम्बन्धमा आएको बताए । अख्तियारका अनुसार जिल्लागत रुपमा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी ४४९ वटा उजुरी परेका छन् । यस्तै कपिलवस्तु जिल्लाबाट २३४ वटा, नवलपरासीबाट १४७ वटा उजुरी दर्ता भएका छन् ।
गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कुल एक हजार २६८ उजुरी दर्ता भएकोमा ९ सय उजुरी फर्छ्यौट भएको जनाइएको छ । अख्तियारको बुटवल कार्यालय प्रमुख पाण्डेका अनुसार प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गत आर्थिक वर्षमा कुल एक करोड ४९ लाख ९७ हजार ८७० रुपैयाँ राजश्व पुनः प्राप्ति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण