करिश्मा कपुरका लागि सहज थिएन आमिरसँगको त्यो चुम्बनको दृश्य, निकै मुश्किलले भएको थियो सुट
फिल्म राजा हिन्दुस्तानी सन् १९९६ मा रिलिज भएको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको यो फिल्म ब्लकबस्टर भएको थियो । फिल्मले थुप्रै पुरस्कार आफ्नो पोल्टोमा पार्न सफल भएको थियो । फिल्ममा करिश्मा कपुर र आमिर खानको जोडीलाई निकै रुचाइएको थियो ।
आज पनि ती फिल्म मानिसलाई त्यति नै मनपर्छ जति पहिला रुचाइएको थियो । फिल्मको चर्चा जति यसको कहानी र गीतका लागि भएको थियो त्यति नै चर्चा करिश्मा र आमिरको चुम्बनका लागि पनि भयो । राजा हिन्दुस्तानीको त्यो चुम्बनको दृश्य बलिउडको चर्चित किसिङ सीनमा पर्छ ।
सिक्वेन्स सुट गर्नमा तीन दिन लागेको थियोः
करिश्मा कपुरले फिल्म रिलिजको २४ वर्षपछि त्यो दृश्यबारे एउटा अन्तरवार्तामा कुराकानी गरेकी थिइन् । करिश्माका अनुसार आमिरसँगको त्यो चुम्बनको दृश्य उनका लागि सहज थिएन । करिश्मा कपुरले बताए अनुसार उक्त दृश्यको शुट गर्ने बेला उनको स्थिति निकै खराब थियो । उक्त किसिङ सिक्वेन्स सुट गर्न ३ दिन लागेको थियो ।
करिश्माले भनिन्, ‘उक्त सीनको सेट ऊटीमा राखिएको थियो । त्यहाँ असाध्यै चिसो थियो । त्यसमाथि वर्षा पनि गराइएको थियो । यति कठ्याङ्ग्रिँदो चिसोमा बिहान करिब सात बजे उक्त दृश्य सुटिङ भएको थियो । चुम्बनको यति लामो दृश्य, त्यसमाथि पनि यस्तो विषम परिस्थितिमा सुट गर्नु मेरा लागि असाध्यै मुश्किल भएको थियो ।’
हालसम्मको सबैभन्दा लामो चुम्बनको दृश्यः
यस्तै, फिल्म राजा हिन्दुस्तानीका निर्देशक धर्मेशले मुम्बई मिररसँगको कुराकानीमा फिल्मको चुम्बनको दृश्यको विषयमा निकै रोचक किस्सा सुनाएका थिए । उनले भने, ‘भारतीय सिनेमाको हालसम्मको सबैभन्दा लामो किसिङ सीन थियो । तर हामीले यसलाई थोरै लामो गरी छायांकन गरेका थियौं किनभने सेन्सर बोर्डले दृश्यमाथि कैंची पक्कै चलाउनेछ भन्नेबारे निर्माण पक्षलाई थाहा थियो । यद्यपि, बोर्डले यू सर्टिफिकेटसहित यसलाई पास गरिदियो । उनीहरुले दृश्य काटेनन् पनि ।’
स्मरण रहोस्, फिल्म राजा हिन्दुस्तानीले २५ वर्ष पूरा गरिसकेको छ । आज पनि यो फिल्मका साथै आमिर र करिश्माको किसिङ सीनलाई असाध्यै धेरै याद गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण