अर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य
अर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो ।
अर्मेनियाको पूर्वी सीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६ः ३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्धविराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।
पछिल्लो भीडन्तका क्रममा अर्मेनियाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् । घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मोनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।
सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । सो विवाद बेला–बेलामा साम्य हुँदै बल्झिँदै आउने गरेको छ । द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण