कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने
कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीलाई जानकारी दिए ।
प्रमुख सत्ता साझेदार दल भएकाले पनि माओवादी केन्द्रले सरकार विस्तारको बारेमा बृहत छलफल गर्नुपर्ने देखिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई हप्ताबढी भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
त्यसको ‘इफेक्ट’ माओवादी दललाई पनि परेको देखिन्छ । कतिपयले माओवादी केन्द्र र नेतृत्वमा रहेको काँग्रेसबीच खटपट भएको भनेर पनि टिप्पणी गरिरहेका छन् । आजको संसदीय बैठक त्यहीको पेरिफेरीमा रहेर बस्न थालेको विष्टले बताए ।
संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी रणनीतिका बारेमा जानकारी दिनेछन् । साथै माओवादी केन्द्रले आजको बैठकबाट सरकारमा आफ्नो दलबाट कति मन्त्री पठाउने भन्ने बारेमा पनि छलफल गर्नेछ भने निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेको छ । यस्तै माओवादी केन्द्रबाट कृष्णा शाह, विन्दमान विष्ट, गणेशबहादुर सिंह, सीता नेपाली, गोपाल शर्मा लगायतका सांसदहरुको नाम चर्चामा छ । यद्यपि, यसबारे ठोस निर्णय भने भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण