भारत सरकारको सहयोगमा रुपन्देहीमा विद्यालय भवन निर्माण सुरु
भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख श्री करुण वंशल र बुटवल नगरपालिकाका मेयर श्री शिवराज सुवेदीले भवनको शिलान्यास गरेका हुन् ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण हुनेछ । निर्माण खर्च करिब ४ करोडभन्दा धेरै पर्ने अनुमान गरिएको छ ।
सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०% छात्रा रहेका छन् ।
सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण