बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गणपति ज्वेलरी ‘विवाह उत्सव’ योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँच तारे होटलमा बास

बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ३६
बिहीबार, ०२ मङ्सिर २०७८

गणपति ज्वेलर्सले नवविवाहित जोडीलाई डिनर र ब्रेकफास्टसहित एकरात पाँच तारे होटलमा बासको व्यवस्था गर्ने भएको छ । ज्वेलर्सले ‘विवाह उत्सव’ ल्याउँदै १० लाखभन्दा बढीको गहना किन्ने जोडीलाई यस्तो योजना ल्याएको हो ।
ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले ‘विवाह उत्सव’ योजना मंसिरदेखि दुई महिना चल्ने जानकारी दिए । उनले यो वर्ष विवाह गर्ने नवविवाहित जोडीलाई लक्षित गर्दै यस्तो योजना ल्याएको बताए । यो योजनाले नव विवाहित जोडीलाई जीवनभर मिठो सम्झना दिने उनको भनाई छ ।

न्युरोडको विशाल बजारमा रहेको ज्वेलर्स विगत १३ वर्षदेखि सुनचाँदी र हिराको कारोबार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप