‘रित्तो रित्तो’ मा पूजा र रोशनको रोमान्स
शुक्रबार, ०३ मङ्सिर २०७८, १३ : ५९
गायक रोशन अधिकारीको स्वर रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ ।
गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीको अभिनय देख्न सकिन्छ । मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पूजा रोमान्टिक देखिएका छन् ।
भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण