मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतद्वारा दुःख व्यक्त

शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : १५
शुक्रबार, ०३ मङ्सिर २०७८

सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

“सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनामा  घाइते  भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वास व्यक्त गरेको विज्ञप्ति उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप