मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु
शनिबार, ०४ मङ्सिर २०७८, १० : ०१
विराटनगरस्थित मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर–१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुनः समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।
शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछि परिवार बोलाएर बिहान १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याइएको थियो । तर, कारागार ल्याएपछि पुनः समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार बिहान उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख पोखरेलले बताए । मोरङ कारागारमा एक साता अघि पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण