विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाऔँ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौँलाई नमुनायोग्य बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौँ बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन् ।
शनिबार काठमाडौँको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरताको निम्ति, काठमाडौँ उपत्यकालाई नमुनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन् । राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटा भट्टाहरूमा पनि विद्युतीय ऊर्जाहरूको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएकी थिइन् । उनले सिमेन्ट उद्योगहरूमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरूको परिचालन गर्न आवश्यक रहेको पनि जिकिर गरिन् ।
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यमबाट बुद्धको सन्देश विश्वभर पुर्याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयर शाक्यले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाहरूको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण