पाँचथरमा काँग्रेस निर्वाचन : प्रदेशसभा ‘ख’ को सभापतिमा श्रेष्ठ विजयी
नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन् । श्रेष्ठका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ जिल्ला सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षधर हुन् भने लामा जिल्ला सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगू पक्षधर हुन् ।
उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत पाएका छन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै दुईजना सहसचिवमा ज्योतीप्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मत सहित विजयी भएका छन् । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीमप्रसाद हुमागाईँले १४५ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ख मा कांग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र क मा भने हिजो नै मतगणना सम्पन्न भएको थियो । उक्त क्षेत्रमा भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण