कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप
कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप केन्द्रमा निःशुल्क रुपमा खोप उपलब्ध हुनेछ । यो खोप एक वर्ष माथिका सबै उमेर समूहका नागरिकलाई दिइनेछ ।
हैजाविरुद्धको खोप एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले लिन नहुने विज्ञको भनाइ छ । हैजाविरुद्धको खोप पहिलो मात्रा लिएपछि कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खोप लिन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हैजाको खोप लिएपछि कसै कसैलाई हल्का ज्वरो आउने, पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, साना बिमिरा, खटिरा आउने जस्ता सामान्य असर देखिन सक्ने विज्ञको भनाइ छ । यस्ता लक्षण विस्तारै ठिक भएर जाने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण