गोलाप्रथाले प्रधानन्यायाधीशको दाह्रा–नङ्ग्रा गयो भन्ने भ्रममा नपर्दा हुन्छ : श्रेष्ठ
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बताएका हुन् ।
न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अझैपनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत् आफू अनुकूलको काम गर्नसक्ने उनको भनाई छ । गोला प्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ । अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताए । उनले भने – ‘प्रधानन्यायाधीशलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिँदैन तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब नङ्ग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन । अर्को चपाउने दाँत छ । सरुवा काजमार्फत् न्यायाधीशहरूलाई थर्काउने काम भइराखेको हुन्छ । न्याय प्रशासन र न्याय सम्पादनमा जबसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहन्छ ।’ उनले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल कहाँ र संसद्मा पनि जाने भन्दै उनले जानु अघि नै राजीनामा दिन चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले घोषणा गर्यो ‘कृषिमा लगानी दशक’, यस्ता छन् अन्य योजना
-
एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन : मुख्यमन्त्री कँडेल
-
आन्तरिक स्रोतलाई दिगो बनाइ राजस्वको दायरा बढाइने, कर प्रणाली सुधारिने
-
विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा
-
उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा
-
जिबी राईको पासपोर्ट रद्द गर्न जिल्ला अदालत कास्कीद्वारा अस्वीकार, कानुनले नमिल्ने तर्क