दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी
सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो ।
महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएकाले दूध तथा दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउनुपर्ने बाध्यता आएको बताइएको छ ।
राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ । गुणस्तर र कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य पनि गुणस्तर अनुसार ८ सयदेखि १५ सय रुपैयाँसम्म रहेको छ । राष्ट्रिय दुग्ध विकास संस्थानका सूचना अधिकृत बालक चौधरीले कति रुपैयाँ मूल्य बढाउने भन्ने बारेमा सरोकारवाला निकायका अधिकारीहरू बीचमा छलफल भइरहेको भए पनि अभैंm टुङ्गो लागि नसकेको बताए । प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने अनुमान रहेको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
-
फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जना
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण