भर्सनटायल गायिकाको सूचीमा सरिता
कतिले सरिता भारतीलाई गायिकाको रुपमा चिन्छन् त कतिपयले मोडल । गायनदेखि मोडलिङसम्म सरिताको सक्रियता उत्तिक्कै देख्न सकिन्छ । लोकदोहोरीदेखि आधुनिकसम्म गीत गाउन सफल उनले मोडलिङ पनि सबै प्रकारको गीतमा गरेकी छन् । तर उनको परिचय गायनमा बढी छ ।
उनले लोकदोहोरी गीतदेखि आधुनिकसम्ममा स्वर दिएकी छन् । काठे भाकामा लोकदोहोरी ‘यसपालीको दसैं, ‘असारै मास (झरी),’ गण्डकी क्षेत्रको लोकदोहोरी भाकामा लुँडो र तास, सेती बगरजस्ता गीत ल्याएकी उनले देउडा भाकामा हे गाजली, लोक भाकामा रातो सारी लरक्कै जस्ता गीत गाएर आफुलाई भर्सनटायल गायिकाको सूचीमा उभ्याएकी छन् ।
दोहोरी साँझबाट व्यवसायिक गायन सुरु गरेकी उनले दोहोरी साँझमै मेचीदेखि महाकालीसम्मको लोकभाका गाउन सफल रहिन् । ‘दोहोरी साँझमा आफ्नो खुसीले भन्दा पनि दर्शकको फर्माइसले गीत गाउँदा सबै प्रकारको गाउनुपर्थ्यो ’ उनले विगत सम्झिइन् ‘त्यो समय सुदूरपश्चिमदेखि पूर्वसम्मका सबै भाका गाउँथे ।’
बाल्यकालदेखि नै लोकदोहोरी सुन्दै र गाउँदै हुर्किएका कारण आफ्नो गायनमा रस बसेको बताउने उनले स्कुलले जीवनमा गायनबाट बिभिन्न पुरस्कार समेत हात पारेकी छन् । गोरखा जिल्लाका १७ स्कुलबीच आयोजना भएको अन्तरविद्यालय लोकदोहोरी गायनमा हात पारेको प्रथम पुरस्कार उनको विद्यार्थी जीवनमा गायनबाट पाएको ठुलो सफल हो । सो समय राष्ट्रिय गायिका हुने धेरैबाट आर्शिवाद पाएकी उनले गायनमा डेब्यु भने लोकपप गीत ‘मेरो जवानी’ बाट गरेकी हुन् ।
डेब्यु गीतबाटै दोश्रो सगरमाथा म्युजिक अवार्डमा सर्वोत्कृष्ट नवगायिका अवार्ड हात पारेकी उनले अहिलेसम्म उत्कृष्ट गायिकाको रुपमा ४ अवार्ड हात पारेकी छन् । पहिलो भेटमा र अँधेरीमा थिएँ (गजल), बजाई देउन बाजा (पप) सहित विभिन्न पर्व र भेग विशेषका गीत समेत गाउँदै आएकी उनले मेरो जवानी, पहिलो भेटमा, लुँडो र तास, रातो सारी लरक्कै, यसपालीको दशैं, अँधेरीमा, हे गाजली, असारै मास (झरी) जस्ता एल्बमसमेत बाहिर ल्याएकी छन् ।
विभिन्न मेला महोत्सवमा गायनबाट स्टेज तताउँदै आएकी उनको अर्काे विशेषता आफ्नो गीतमा आफै मोडलिङ गर्छिन् । आफ्नो गीतमा आफैंले अभिनय गर्दा राम्रो हुने र आफु पनि चिनिन मद्दत गर्ने उनले बताइन् । उनले थपिन्, ‘गायनबाट भन्दा अभिनयबाट प्रत्यक्ष चिनिन सजिलो हुँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले