नेपालको वैदेशिक व्यापार : चार महिनामा साढे ६ खर्बको आयात, ८८ अर्बको निर्यात
नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा विदेशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कले साढे ६ खर्बको वस्तु आयात भएको देखिएको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । यस्तै, चालू वर्ष ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब रुपैयाँको मात्रै निर्यात भएको थियो । जुन, यो वर्षकोभन्दा १०४ प्रतिशतले कम निर्यात हो ।
नेपालको निर्यात शतप्रतिले बढे पनि व्यापार घाटा झनै चुलिएको छ । भन्सारका विभागका अनुसार चालू वर्षको चार महिनामा व्यापार घाटा बढेर ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । यो, गत वर्षको यही अवधिको व्यापार घाटाभन्दा ५६ प्रतिशतले बढेको हो । गत वर्षको चार महिनाको अवधिमा नेपालले जम्मा ३ खर्ब ६२ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले कूल ७ खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गर्दा ५ खर्ब ६८ अर्बको घाटा मात्रै बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण